April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

भारत र अमेरिकी विदेशमन्त्री भेटवार्तामा क्यानडासँगको विवादित कुरा निस्किएन

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:२७
भारत र अमेरिकी विदेशमन्त्री भेटवार्तामा क्यानडासँगको विवादित कुरा निस्किएन
  • भारतीय विदेशमन्त्री  र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच भेटवार्ता 
  • संयुक्त राष्ट्र संघको ७८ औँ महासभाबारे छलफल भएको बताए
  • अमेरिकामा आउन पाएकोमा खुसी ब्यक्त

काठमाडौं ।।

भारतीय विदेशमन्त्री एस जयशंकर र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बिहीबार भेटवार्ता भएको छ । खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव चर्केका बेला उनीहरूबीच भेटवार्ता भएको हो । भेटपछि पत्रकारसँगको कुराकानीमा ब्लिन्केनले नयाँ दिल्लीमा हालै सम्पन्न जी-२० शिखर सम्मेलन र न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७८ औँ महासभाबारे छलफल भएको बताएका छन् ।

“अमेरिकामा आउन पाएकोमा खुसी लाग्यो । यसअघि हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गर्मीयाममा यहाँको भ्रमण गरेका थिए । हामी जी-२० शिखर सम्मेलनको क्रममा सहयोगका लागि अमेरिकालाई धन्यवाद दिन्छौँ । र म, नयाँ दिल्लीमा ब्लिन्केनलाई भेट्न उत्सुक छु,” भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन् ।

निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको विवादबारे दुवै नेताले कुनै शब्द बोलेनन् । दुवै नेताले त्यहाँ ‘के क्यानडाले तपाईंको सम्बन्धलाई असर गरिरहेको छ ?’ भनेर सोधिएको प्रश्नमा कुनै जवाफ दिएनन् । रोचक कुरा के भने, बिहीबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जयशंकरसँगको भेटमा ब्लिन्केनले निज्जरको हत्याको कुरा उठाउनेमा आफू विश्वस्त रहेको बताएका थिए । “अमेरिकाले निश्चित रूपमा यो विषयमा भारत सरकारसँग छलफल गर्नेछ,” ट्रुडोले भनेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट