December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:५१
अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड

काठमाडौं । नासाका अन्तरिक्षयात्री डा। फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै बुधवार पृथ्वीमा फर्किएका हुन् ।

यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी अर्थात ३७१ दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । आफ्ना दुई रुसी अन्तरिक्ष यात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बरमा पृथ्वीमा फर्किएका हुन् ।

रुबियो र उनका सहयात्रीहरूले अन्तरिक्षमा छ महिना बिताउने लक्ष्य राखे पनि त्यहाँ दोब्बरभन्दा बढी समय बिताउनु पर्‍यो । उनीहरूले प्रयोग गरेको अन्तरिक्षयान गत डिसेम्बरमा उल्कापिण्डसँग ठोक्किंदा त्यसमा रेडियटर लिक भएको थियो ।

सो यान अन्तरिक्षमा मर्मत गर्न नसकिने भएपछि त्यसलाई फिर्ता ल्याएर गत फेब्रुअरीमा मात्र मानवरहित क्याप्सुल पठाइएको थियो । त्यसैमा सवार भएर यी तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

अनपेक्षित रूपमा बढी समय बिताउन बाध्य भए पनि त्यसबाट लामो समय माइक्रो ग्र्याभिटी वा अन्तरिक्षको बसाइबारे बुझ्ने मौका पाएको रुबियोले बताएका छन् । उनको लामो बसाइँले आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ ।

उक्त समूहभन्दा पहिले लगातार ३५५ दिन अन्तरिक्षमा बिताएर अमेरिकी अन्तरिक्षयात्री वान्दे हेई ९ख्बलमभ ज्भष्० ले रेकर्ड बनाएका थिए ।

यता पूर्व सोभियत युनियन अर्थात् आजको रुसका अन्तरिक्ष यात्री भलेरी पोल्याकोभले मिर स्पेस स्टेसनमा ४३७ दिन १७ घण्टा बिताएर सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने व्यक्तिको रेकर्ड बनाएका थिए । उनले सन् १९९४ देखि १९९५ बीचमा सो कीर्तिमान कायम गरेका थिए । त्यसैले अन्य दुई रुसी अन्तरिक्ष यात्रीले बिताएको सो समय रेकर्डमा सामेल भएको छैन ।

रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले सो समयमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दुरी चन्द्रमामा ३२८ ट्रिप आउन र जान लाग्ने दूरी हो ।

अन्तरिक्षमा बस्दा रुबियोले विभिन्न वैज्ञानिक परीक्षण गरेको अन्तर्वार्तामा खुलाएका छन् । उनले विशेषगरी ब्याक्टेरियाले माइक्रो ग्र्याभिटीमा कस्तो व्यवहार देखाउँछन् भन्ने कुराको अध्ययन गरेका थिए । त्यसबाहेक पनि उनले केही परीक्षण टमाटरको बिरुवामा गरेका थिए । “मलाई यो सानो बिरुवासँग काम गर्न रमाइलो लाग्यो,” रुबियोले भने ।

लामो समय अन्तरिक्षमा बिताउँदा अन्तरिक्ष यात्रीमा मांसपेशी पतन हुने, हड्डी खिइने, दृष्टि कम हुनुका साथै सन्तुलन बिग्रिने तथा मस्तिष्कको आकार परिवर्तन हुने जस्ता समस्या देखिन्छन् ।

रुबियोले पहिलो पटक अन्तरिक्ष यात्रा गरेकाले उनले पहिले यस्तो समस्याको सामना गरेका थिएनन् । उनले अन्तर्वार्तामा आफूलाई पहिलेकै अवस्थामा पुग्न दुईदेखि छ महिनाको समय लाग्ने बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।