sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:५१
अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड

काठमाडौं । नासाका अन्तरिक्षयात्री डा। फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै बुधवार पृथ्वीमा फर्किएका हुन् ।

यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी अर्थात ३७१ दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । आफ्ना दुई रुसी अन्तरिक्ष यात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बरमा पृथ्वीमा फर्किएका हुन् ।

रुबियो र उनका सहयात्रीहरूले अन्तरिक्षमा छ महिना बिताउने लक्ष्य राखे पनि त्यहाँ दोब्बरभन्दा बढी समय बिताउनु पर्‍यो । उनीहरूले प्रयोग गरेको अन्तरिक्षयान गत डिसेम्बरमा उल्कापिण्डसँग ठोक्किंदा त्यसमा रेडियटर लिक भएको थियो ।

सो यान अन्तरिक्षमा मर्मत गर्न नसकिने भएपछि त्यसलाई फिर्ता ल्याएर गत फेब्रुअरीमा मात्र मानवरहित क्याप्सुल पठाइएको थियो । त्यसैमा सवार भएर यी तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

अनपेक्षित रूपमा बढी समय बिताउन बाध्य भए पनि त्यसबाट लामो समय माइक्रो ग्र्याभिटी वा अन्तरिक्षको बसाइबारे बुझ्ने मौका पाएको रुबियोले बताएका छन् । उनको लामो बसाइँले आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ ।

उक्त समूहभन्दा पहिले लगातार ३५५ दिन अन्तरिक्षमा बिताएर अमेरिकी अन्तरिक्षयात्री वान्दे हेई ९ख्बलमभ ज्भष्० ले रेकर्ड बनाएका थिए ।

यता पूर्व सोभियत युनियन अर्थात् आजको रुसका अन्तरिक्ष यात्री भलेरी पोल्याकोभले मिर स्पेस स्टेसनमा ४३७ दिन १७ घण्टा बिताएर सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने व्यक्तिको रेकर्ड बनाएका थिए । उनले सन् १९९४ देखि १९९५ बीचमा सो कीर्तिमान कायम गरेका थिए । त्यसैले अन्य दुई रुसी अन्तरिक्ष यात्रीले बिताएको सो समय रेकर्डमा सामेल भएको छैन ।

रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले सो समयमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दुरी चन्द्रमामा ३२८ ट्रिप आउन र जान लाग्ने दूरी हो ।

अन्तरिक्षमा बस्दा रुबियोले विभिन्न वैज्ञानिक परीक्षण गरेको अन्तर्वार्तामा खुलाएका छन् । उनले विशेषगरी ब्याक्टेरियाले माइक्रो ग्र्याभिटीमा कस्तो व्यवहार देखाउँछन् भन्ने कुराको अध्ययन गरेका थिए । त्यसबाहेक पनि उनले केही परीक्षण टमाटरको बिरुवामा गरेका थिए । “मलाई यो सानो बिरुवासँग काम गर्न रमाइलो लाग्यो,” रुबियोले भने ।

लामो समय अन्तरिक्षमा बिताउँदा अन्तरिक्ष यात्रीमा मांसपेशी पतन हुने, हड्डी खिइने, दृष्टि कम हुनुका साथै सन्तुलन बिग्रिने तथा मस्तिष्कको आकार परिवर्तन हुने जस्ता समस्या देखिन्छन् ।

रुबियोले पहिलो पटक अन्तरिक्ष यात्रा गरेकाले उनले पहिले यस्तो समस्याको सामना गरेका थिएनन् । उनले अन्तर्वार्तामा आफूलाई पहिलेकै अवस्थामा पुग्न दुईदेखि छ महिनाको समय लाग्ने बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid