May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

उत्कृष्ट कुकुरमा चिनियो रियो

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:0३
उत्कृष्ट कुकुरमा चिनियो रियो
  • रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्यो 
  • ३५ वर्षीय जगरनाथ साहको हत्यामा 
  • रियोले हत्यारालाई चिनेको थियो 

काठमाडौं।।

नेपाल प्रहरीको रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्न सफल भएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । रियोले रौतहटमा भएको हत्याकाण्डमा संलग्नको पत्ता लगाउन सहयोग गरेको थियो । गत असार २९ गते राति सुतेकै अवस्थामा रौतहटको देवाही गोनाही नगरपालिका-६ का ३५ वर्षीय जगरनाथ साहको हत्या भएको थियो ।

घटनापछि वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो । घटनास्थलमा प्राप्त प्रमाण रियोलाई सुँघाएर गरिएको अनुसन्धानमा रियोले हत्याराको पहिचान गर्न सफल भएको थियो । रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । चन्दालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै उनैले श्रीमानको हत्या गरेको खुलेको थियो ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।