१३ असोज । मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारीले लेख्नुभएको पहिलो कविता सङ्ग्रह ‘सर्वाइवल नोट’को सार्वजनिक गरिएको छ । यो कविता सङ्ग्रह मानिसलाई निरासावादि हुन बाट जोगाउन र आशावादी हुन उत्प्रेरणा जगाउन सफल हुन बताइएको छ बिम्ब, प्रतिक र रुपकको समुचित प्रयोग भएको भनिएको उक्त कविता सङ्ग्रहमा बिभिन्न फरक फरक विषयवस्तु का ४१ वटा कविताहरु रहेका छन ।
साहित्यकार प्राडा.अभि सुवेदीले आज एक भव्य समारोह विच नेपाल प्रज्ञा प्रतिस्ठानमा डा.अधिकारीको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ सार्वजनिक गरे ।
डा.अधिकारीद्धारा लिखित कविता आत्महत्या रोकथामका लागि लेखिएको हो । उनले सुसाइट नोट विरुद्ध आफ्नो प्रस्तुति पस्केका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममा डा.सुवेदीले डा.अधिकारीले कविता मार्फत निराशालाई आशामा बदल्न चाहेको बताए ।
उनले पछिल्लो समय मानिसहरु निराशतर्फ उन्मुख भइरहेको भन्दै कवितामार्फत निराशालाई आशामा परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको बताए ।
सुसाइट नोटको विरुद्धमा सर्वाइकल नोट रहेको भन्दै उनले मानिसलाई झनै निराशा बनाउने कुरा भन्दा खुसी पार्नतर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा समालोचक डा. गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको कुरालाई कविता बाट पस्किएको बताए ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा अच्युत वाग्लेले पुस्तकले सकारात्मक सन्देश दिन खोजेको खोजेको बताए । उक्त कार्यक्रममा साहित्यकार, चिकित्सक , लगायत साहित्यानुरागिहरुको भव्य उपस्थिति थियो