November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सामान किनेर नक्कली नोट दिएपछि…

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १७:१३
सामान किनेर नक्कली नोट दिएपछि…
  • मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ
  • २०० दरका २० थान नक्कली भारतीय नोटसहित समातियो 
  • प्रयोग गरेको बा १६च ७६१३ नम्बरको कार पनि प्रहरीले लियो 

काठमाडौं ।।

मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी छन् । शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटबाट ५०० दरका सात र २०० दरका २० थान नक्कली भारतीय नोटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो सुपरमार्केटबाट एक हजार ६०० रुपैयाँबराबरका विभिन्न सामान खरिद गर्दा अन्सारीले नक्कली भारतीय नोट दिएका थिए । उक्त नोट र उनले प्रयोग गरेको बा १६च ७६१३ नम्बरको कारसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १७:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्