May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

धमाधम सुन बरामद हुन थालेपछि गिरोहहरु अलमलमा

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:00
धमाधम सुन बरामद हुन थालेपछि गिरोहहरु अलमलमा
  • सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थाले 
  • दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको पाइयो 
  • पाँच दिनको अवधिमा बिगु गाउँपालिका–१ लामाबगर क्षेत्रबाट ११ किलो सुन बरामद
  • ४ किलो सुनसहित लामाबगरका केशर तामाङ पक्राउ

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ । गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, दोलखाले गरेको अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी दीपक खड्काका अनुसार, पाँच दिनको अवधिमा बिगु गाउँपालिका–१ लामाबगर क्षेत्रबाट ११ किलो सुन बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय, सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा खटिएको टोलीले गएको बुधबार ४ किलो सुनसहित लामाबगरका केशर तामाङलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा यसमा पेम्बा तामाङ र नुर्वुछिरिङ शेर्पा पक्राउ परेका थिए । शेर्पा नेपालमा तस्करीको सुन व्यवस्थापन गर्ने मुख्य व्यक्ति भएको अनुुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । भरिया तामाङ सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन तरुण दलसँग आबद्ध व्यक्तिसमेत हुन् । उनकै बयानका आधारमा प्रहरीले बिहीबार जामुनेस्थित सीता तामाङको घरबाट थप ३ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले थप ४ किलो सुन यही गिरोहसँग रहेको थाहा पाएको थियो ।

 

त्यसक्रममा लामाबगरमा ढुंगामुनि लुकाएर राखेको अवस्थामा फेला परेको सुनसमेत गरेर कुल ११ किलो सुन प्रहरीले बरामद गरेको हो ।चीनको हङकङबाट ब्रेक शुभित्र लुकाएर ल्याइएको ६० किलो सुन प्रकरणमा अनुसन्धान सकेर फाइल बुझाएलगत्तै उत्तरी नाकाबाट फेरि सुन बरामद भएपछि यसमा सीआईबीले पनि चासो देखाएको थियो । ‘तीन किलो सुन बरामद भएलगत्तै सीआईबीको टोली पनि यसको अनुसन्धानमा खटिएको छ’, सीआईबीकी निर्देशक किरण बज्राचार्य भन्छिन्, ‘प्राविधिक पक्षको विश्लेषण र बजारसम्म सुन पठाउनेसम्मका विषयमा टोलीले अनुसन्धान गरिरहेको छ ।’

बज्राचार्यका अनुसार, हवाइमार्गबाट आएको सुन र दोलखामा बरामद ११ किलो सुन दुवै एउटै कम्पनीको उत्पादन भएको देखिएको छ । त्यहीकारण प्रहरीले यो प्रकरण ६० किलो सुनसँग पनि जोडिन्छ कि भन्ने आधारमा हेरेको उनी बताउँछिन् । ‘तर हालसम्म ठ्याक्कै जोडिने अरु कडी भेटिएको छैन, लगानीकर्ता पनि तिब्बती मूलका चिनियाँ नागरिक भएको देखिन्छ’, एआईजी बज्राचार्य भन्छिन्, ‘व्यवस्थापनमा नेपाली नागरिकहरु संलग्न देखिन्छन् ।’

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।