sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:0२
इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति
  • शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने
  • पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख
  • वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउने

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ । बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । अब विद्यार्थीहरुले यस वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउनेछन् ।

त्यसका लागि प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७, १८ र १९ गते पनि तोकिएको छ । यसअघि फारम भरेकाहरुले भने फेरि फारम भर्नुपर्ने छैन । संस्थानले पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपैयाँ रहेको अध्ययन शुल्क बढाएर ७ लाख ७५ हजार पु¥याउने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन भएको थियो । विद्यार्थीको आन्दोलनपछि इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले बढेको शुल्क फिर्ता लिई शुल्क पुनरावलोकनका लागि पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. हरिराम पराजुलीको संयोकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले भदौ २६ गते नै स्नातक तहको शुल्क ५ लाख ५४ हजार बनाउन लगायतको तीन बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो ।

पुरानै शुल्कमा विद्यार्थी पढाउन नसक्ने भन्दै पुल्चोक, थापाथली, पूर्वाञ्चल र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखहरुले विज्ञप्ति निकालेका थिए । भदौमा तोकिएको प्रवेश परीक्षा शुल्क विवादको कारण स्थगित भएको थियो । लामो समयसम्म प्रवेश परीक्षा नलिएर विद्यार्थीलाई समस्यामा पार्न खोजिएको र क्याम्पस प्रमुखहरुले पुरानै शुल्कमा पढाउन नसक्ने भए स्ववियुलाई जिम्मा दिन भन्दै पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङका स्वतन्त्र विद्यार्थी युनियनले १६ असोजमा विज्ञप्ति जारी गरेर दबाब दिएका थिए । संस्थान अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस गरी पाँच आंगिक क्याम्पस र विभिन्न सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङ पढाइ हुने गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid