May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

फेरी बैठक मंगलबारलाई सर्यो

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १७:१५
फेरी बैठक मंगलबारलाई सर्यो
  • मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित
  • सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग
  • १० साउनदेखि लगातार संसद अवरोध

काठमाडौं ।।

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

तर नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ ।

उसले यही माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ । पछिल्लो पटक सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो । बैठकअघि नै संसद अवरोध खोल्ने विषयमा छलफल थर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक राखेका थिए ।

सोमबार दिउँसो साढे १२ बजे बसेको बैठकमा सहमति नजुटेपछि नेताहरु साढे ३ बजे फेरि बैठक बस्ने गरी उठेका थिए । त्यसपछि संसद बैठक पनि सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । अपरान्ह ४ बजे बसेको शीर्ष नेताको बैठकले पनि संसदको अवरोध खोल्ने ठोस सहमति नभएपछि संसद बैठक मंगलबारसम्मलाई सारिएको हो ।

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १७:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।