sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हुने कारबाहीबारे जानकारी सूचना बोर्डमा राख्न निर्देशन

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:0७
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हुने कारबाहीबारे जानकारी सूचना बोर्डमा राख्न निर्देशन

स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍ याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देश

 

 

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍ याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन,२०६६ को दफा ९३०मा व्यवस्था भएअनुसार हातपात,तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ । उनले स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उपचारमा लापरबाही भएको शंका लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवदेन दिन सकिने जारी सूचनामा बताइएको छ ।

ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

स्वास्थ्य संस्थामा तोडफोड,वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी/कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्‍याए तीन वर्षसम्म कैद वा तीन लाख जरीवाना वा दुवै सजाय हुनसक्छ ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने,उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid