काठमाडौं- चिसोको समयमा हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।
२.सागसब्जी: कुरिलो, फूलगोभी, बन्दा, पालुुङ्गो , च्याउ र गोलभेंडाजस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ। यसका साथै यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि बढी पाइन्छ।
३. माछा-मासु: युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ।
४. कोल्ड ड्रिंक: कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ।
फ्रूक्टोज-स्वीटण्ड-ड्रिंक, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन। यी पेयहरुमा प्रचूर मात्रामा फ्रू क्टोज पाइन्छ। यसले एटीपी लाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ।
५. अचार: तामा, गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन।
६. मदिरा: रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन युरिक एसिडमा वर्जित छ। मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनको साथैै शरिरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पुर्याउँछ।
७.जंक फूड: जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ। यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ। जंकफूड ज्यादा खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ।
८. समुद्री खाना: विशेषगरी झिंगे माछा (प्राउन), लोवस्टोर , ट्यूना, एन्कोभिज प्र्रजातीका माछा र अन्य समुन्द्री वनस्पतिबाट बनाइने खानेकुरामा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिडमा हानिकारक मानिन्छ।