May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेविसंघ

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १४:४९
मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेविसंघ
  • चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग
  • दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको उल्लेख
  • कालोबजारी रोक्नुपर्ने र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न माग

काठमाडौं ।।

सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।संघले बिहीबार विज्ञप्ति जारी गर्दै दैनिक रुपमा प्रयोग गर्ने खाद्यान्नलगायत दैनिक उपयोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिका कारणले विद्यार्थी, निम्न आय भएका श्रमजीवी, दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको उल्लेख गरेको छ ।नियमन गर्ने निकायले नियमित अनुगमन गर्न नसक्दा व्यवसायीहरूले मनपरि ढंगबाट मूल्यवृद्धि गर्दै आइरहेको भन्दै संघले चुस्त बजार अनुगमनको प्रणालीको विकास गर्न माग गरेको छ ।

“माग र आपूर्तिको वैज्ञानिक तथ्यांक राख्न नसक्नु, म्याद गुज्रेको सामान बिक्री वितरण गर्नु, खाद्यान्नको कृत्रिम अभाव सिर्जना गर्नु र कालोबजारी नियन्त्रणमा राख्न नसक्नु सरकार गैरजिम्मेवार रहेको नेविसंघको ठम्याइ रहेको छ,” विज्ञप्तिमा लेखिएको छ । संघले महँगी र मूल्यवृद्धिलाई यथाशीघ्र नियन्त्रण गर्न सरकारले अनुगमन र नियन्त्रणलाई कडाइका साथ लागु गर्नुपर्ने, कालोबजारी रोक्नुपर्ने र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न माग गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट