sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डा. विमला राई पौड्याल : त्यस्तो जघन्य अपराध गर्नेलाई आममाफीको हस्ताक्षर गर्दा हात कामेन राष्ट्रपति ज्यू ?

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:५५
डा. विमला राई पौड्याल : त्यस्तो जघन्य अपराध गर्नेलाई आममाफीको हस्ताक्षर गर्दा हात कामेन राष्ट्रपति ज्यू ?
  • मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा हात कामेन ?
  • संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भयो 
  • आममाफीको आधार के हो ? केके भयो भने आममाफी दिन पाइन्छ ?
  • त्यसको जवाफ गृहमन्त्रीले संसद्मा उभिएर दिनुपर्छ,”

काठमाडौं ।।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै पौड्यालले राष्ट्रपति मन्त्रिपरिषद्को औँठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताइन् । उनले मन्त्रिपरिषद्को औँठाछापका रुपमा राष्ट्रपति कार्यालय लिने भए राष्ट्रपति कार्यालय आवश्यक नभएको बताइन् ।

उनले २० वर्षको कैद सजाय आठ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मानन्धरको हत्यारालाई नेपाल सरकारले आममाफी दिनु गलत भएको दाबी गरिन् । मानन्धरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो भन्दै गृहमन्त्रीलाई उनले प्रश्न गरिन् । पौड्यालले नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध भएको भन्दै अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस गर्यो भन्ने विषयमा सदनमा आएर गृहमन्त्रीले जवाफ दिन माग गरिन् ।

“आममाफीको आधार के हो ? केके भयो भने आममाफी दिन पाइन्छ ? त्यसको जवाफ गृहमन्त्रीले संसद्मा उभिएर दिनुपर्छ,” उनले भनिन्, “हत्यारा छुट्नको लागि कुनै दलको नेता हुनुपर्छ, कि गृहमन्त्रीको आफन्त हुनुपर्छ ? कि राष्ट्रपतिको ज्वाइँचेला हुनुपर्छ ? के आधारमा छुट्ने, त्यसको जवाफ चाहिन्छ ।” आममाफी लिने निर्णय गर्दा पीडितको अनुमति बेगर मान्छेलाई छाड्न नमिल्ने भन्दै उनले कानुन र संविधानले दिने भन्ने भए संसद्मा कानुन ल्याए संशोधन गर्न तयार रहेको बताइन् । मनपरि गर्नको लागि गृह वा प्रधानमन्त्री कसैलाई पनि छुट नभएको उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid