May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

काठमाडौंका ‘पब्लिक ट्वाइलेट’मा महानगरको ध्यान

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:१६
काठमाडौंका ‘पब्लिक ट्वाइलेट’मा  महानगरको ध्यान
  • ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु
  • यो कामको लागि महानगरले वडालाई जिम्मा दिइने 
  • विभिन्न तथा संस्थासँग सम्झौता गरे पनि ‘पब्लिक ट्वाइलेट’ चलाउन सकेको छैन 

 काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु गरेको जनाएको छ ।  महानगरपालिकाले आफैंले निर्माण गरेको सार्वजनिक शौचालय र व्यक्ति तथा संस्थाले सञ्चालन गरेको ‘पब्लिक ट्वाइलेट’लाई प्रभावकारी सञ्चालन गरी ५ सय मिटरको दुरीमा भेट्ने बनाउन लागेको हो ।

यो कामको लागि महानगरले वडालाई जिम्मा दिएको छ । महानगर भित्र भएका सार्वजनिक शौचालयलाई नियमित गर्ने र ‘पब्लिक ट्वाइलेट’ बनाउन सम्झौता भएका स्थानहरुको सञ्चालन अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा मार्फत काम गर्न लागेको महानगरका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए ।

काठमाडौंमा शौचालयको अवस्था तत्काल सुधार गर्न अल्पकालीन समाधानको लागि मात्रै वडा मार्फत काम सुरु गरेको अधिकारीले बताए । ‘कुन सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ, त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नुपर्छ भनेर वडालाई नै जिम्मेवारी दिएका छौं,’ सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. अधिकारीले भने ।

काठमाडौं महानगरपालिकाका मेयरमा बालेन शाह निर्वाचित भएपछि उनको आग्रहमा बजार क्षेत्रका बासिन्दाले आफ्नो निजी शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न दिन सहमत भएका थिए । खासगरी पसल, होटल तथा रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाले सार्वजनिक शौचालय लेखिएको बोर्ड राखेर बाटो हिँड्ने जोसुकैलाई पनि प्रयोग गर्न दिन थालेका थिए । ‘पब्लिक ट्वाइलेट’को रुपमा महानगरपालिकाले विभिन्न तथा संस्थासँग सम्झौता गरे पनि चलाउन भने सकेको छैन । महानगरसँग सम्झौता भएका तीनै शौचालय महानगरका वडाहरुले अपनत्व लिएर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।