May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

विदेश गए पनि आफ्नो पहिचान, भाषा, कला र संस्कृति जोगाइराख्नु : राजेश हमाल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:३५
विदेश गए पनि आफ्नो पहिचान, भाषा, कला र संस्कृति जोगाइराख्नु : राजेश हमाल
  • पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न राजेश हमालको अनुरोध 
  • ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ
  • न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ
  • ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ
  • दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ

बार्सिलोना ।।

महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका छन् । बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै उनले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण आफ्नो पहिचान जोगाइराख्नु पर्दछ ।’

पहिलो पुस्ताका नेपालीहरुमा नेपालप्रतिको आत्मियता असाध्यै धेरै रहेको बताउँदै महानायक हमालले दोस्रो पुस्ताका नेपालीलाई आफ्नो पहिचान सिकाउन भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ । धर्म, संस्कृति, रितिरिवाजलाई तपाईंहरूले नै दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ । त्यो जिम्मेवारी पहिलो पुस्ताले लिनुपर्दछ,’ हमालले थपे ।

अरू देशको तुलनामा नेपालबाट विदेशिने क्रम हालसालै बढेको उनले बताए । ‘ल सबै नेपाली दाजुभाइ विदेशिनु भो भन्ने कुराहरू गर्छौं, तर हामी विदेशिन थालेको धेरै भएको छैन,’ उनले भने, ‘अरू राष्ट्रको हेर्नु भो भने २–४ पुस्ता भइसकेको छ । तर विदेशमा हामी पहिलो पुस्ता भएका छौं । बच्चाहरु यहाँ हुर्किंदै छन् । त्यसैले अन्यको तुलनामा हाम्रो पछि नै हो ।’

तर २०–२५ वर्षको छोटो समयमा पनि डायस्फोरामा नेपालीहरुले ठूलो सफलता हासिल गरेको हमालले प्रष्ट पारे । ‘विदेशमा तपाईं कोही गीत संगीत, कलामा अब्बल हुनुहुन्छ । कोही राजनीतिमा लाग्नु भएको छ । कोही रोजगारी गरेर आफूलाई राम्रोसँग स्थापित गर्नु भएको छ । यो उपलब्धि देख्दा एकदमै खुशी लाग्छ,’ हमालले थपे ।

उनले युवाहरुलाई समय खेर नफाल्न र कामलाई सम्मान गर्दै मिहिनेत गर्न पनि अनुरोध गरेका छन् ।जुनसुकै राष्ट्रमा बसे पनि त्यहाँको भाषा, संस्कृति र रहनसहनलाई नियाल्ने प्रयास गर्न समेत उनले अनुरोध गरेका छन् । महानायक हमालले पोर्चुगल अघि फ्रान्स र बेल्जियमका नेपालीहरुमाझ पनि अन्तर्क्रिया गरेका थिए । हमाल विदेशमा रहेका नेपालीहरुको संघर्ष र सफलताको कथालाई समेटेर टेलिभिजन कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । सोही सिलसिलामा नै उनले युरोपको समेत भम्रण गरेका हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।