May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भीभीआईपीको सुरक्षा व्यवस्थापन गर्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:४३
भीभीआईपीको सुरक्षा व्यवस्थापन गर्ने
  • भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्ने 
  • कार्यविधिमा ‘सवारी’लाई ‘भ्रमण’ शब्दमा रूपान्तरण
  • अतिविशिष्ठ र विशिष्ठ व्यक्तिको भ्रमणमा सकेसम्म सडक खाली नगर्ने

काठमाडौं ।।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताएका छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा शुक्रबार उनले यस्तो बताएका हुन् । उनले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको जानकारी दिए । कार्यविधिमा ‘सवारी’लाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गरिएको उनले बताए । उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिको भ्रमणमा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आमनागरिकलाई असर पर्ने गरी गराउने विषय कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।

“भीभीआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भीभीआईपीहरूको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई विस्तारै सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषद्मा पुगेको छ,” उनले भने, “त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रूपान्तरण गरिएको छ ।

अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरूको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आमनागरिकलाई असर पर्ने गरी भीभीआईपीको भ्रमण गर्ने गरी कार्यविधिमा व्यवस्थापन गरिएको छ । विस्तारै त्यो लागु भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्यूको भिजिटबाट प्रमाणित हुन्छ ।” सार्वजनिक यातायातले रिजर्भमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट