April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:२0
देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

काठमाडौं– प्रहरीले ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो।

चौलागाईंविरुद्ध साढे ४ करोड ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। देउराउलीले बचतकर्ताको करिब ७ अर्ब फिर्ता गर्न सकेको छैन। देउराली बचत तथा ऋण सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको सीआइबीले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकका चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्तालाई आग्रह गरेको हो।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितबाट साढे ४ करोड ठगी भएको उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित भए सम्पर्कमा आउन सूचित गरिएको जानकारी दिए।

निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीले हिनामिना गरेका थिए।

सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिक रुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए। तर, बचत रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरु प्रहरीमा आइपुगेका थिए।

पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडतले उजुरी दिएको प्रहरीले जनाएको छ। सीआईबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।