May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

संघीयताको कानुन छिटो निर्माण गर्नुपर्छ : नेता सिंह

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:0३
संघीयताको कानुन छिटो निर्माण गर्नुपर्छ : नेता सिंह
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह
  • संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने
  • नेपाली जनतालाई अधिकार दिलाउने काममा खेलेको भूमिका प्रसंशनीय

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने बताएका छन् । ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गरेपछि नेता सिंहले यस्तो बताएका हुन् । संविधानको भावना र मर्मअनुरूप कानुन निर्माण गरिए मात्र नेपाली जनताको चाहनाअनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारले काम गर्न सक्ने वातावरण बन्ने उनले उल्लेख गरे ।

गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाकाअनुसार अघि बढ्न सके नेपाली जनताको चाहनाअनुसार मुलुकलाई अघि बढाउन सकिने उनको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनमार्फत नेपाली जनतालाई अधिकार दिलाउने काममा गणेशमान सिंहले खेलेको भूमिकाको समेत उनले चर्चा गरे ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट