sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हामी आफैँ पैसा हालेर भए पनि फर्कन तयार छौं, हामीलाई बचाउ सरकार : नेपाली विद्यार्थी

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १३:३१
हामी आफैँ पैसा हालेर भए पनि फर्कन तयार छौं, हामीलाई बचाउ सरकार : नेपाली विद्यार्थी
  • द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखे
  • जहाज पठाउन पैसा छैन भन्छ सरकार, हामी आफैँ पैसा हालेर फर्कन तयार छौं,”
  • हमासमाथि ठूलो आक्रमण गर्ने तयारी गर्दैछ

काठमाडौं ।।

सरकारले उद्धारमा ढिलाई गरेपछि इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखेका छन् ।  सरकारले आफूहरुको सुरक्षालाई भन्दा पनि बढी प्राथमिकता पैसालाई दिएको आरोप उनीहरुको छ । “अरु देशले हामीसँगै रहेका आफ्ना नागरिकलाई धमाधम उद्धार गरिरहेका छन्,” अहिले इजरायलको रमतनिगवस्थित जिमान फार्ममा रहेका दाङका विपिन सुवेदीले भने, “हाम्रो सरकार जहाज पठाउन अनुमति पाइएन भन्छ । अरु देशका जहाज आउन पाउने, नेपालको जहाज आउन नपाइने कारण के रहेछ ?”

अहिले जिमान फार्ममा ९० जनाभन्दा बढी नेपालीहरु रहेका छन् ।  द्वन्द्वग्रस्त क्षेत्रको बंकरभित्र रहेका उनीहरुलाई इजरायली सेनाले मंगलबार र बुधबार उक्त स्थानमा सारेको हो । जिमान फार्म इजिप्टको सीमाना नजिक रहेको छ । “अरुको जहाज यहाँको विमानस्थलमा आइरहेको हामीले देखिरहेका छौं । हाम्रो सरकारले नपठाउनुको कारण के हो हामीले बुझ्न सकेका छैनौं,” सुवेदीले भने । सरकारले उद्धारमा जानाजानी ढिलो गरेको इजरायलमा रहेका विद्यार्थीको बुझाई छ ।  “सरकारसँग जहाज पठाउन पैसा छैन भने भन्नुपर्‍यो । हामी आफैँ पैसा हालेर फर्कन तयार छौं,” सुवेदीले आक्रोसित हुँदै भने ।

आफूसँगै रहेका कम्बोडियाका साथीहरुलाई कम्बोडियाले उद्धार गरी लगिसकेको उनले सुनाए ।  अहिले उनीहरुलाई कसैले खाना पनि उपलब्ध गरेका छैनन् । आफूसँग भएको पैसाले किनेर खानुपरेको उनले बताए । सरकारले उद्धारमा ढिलाई गर्दा त्यहाँ रहेका विद्यार्थीहरुमा मानसिक समस्या देखिन थालेको उनले जनाए । “इजरायल सरकारले आफ्ना नागरिकलाई तीन दिन भित्र दुई–तीन महिनाको लागि देश छोडेर अन्य देशमा विदा मनाउन जाउँ भन्दैछ । हमासमाथि ठूलो आक्रमण गर्ने तयारी गर्दैछ । इजरायलले आफ्नै नागरिकलाई बाहिर जाउँ भनिरहेको बेला यहाँ हामी कसरी सुरक्षित हुन सक्छौं । हाम्रो मानसिक अवस्था कसरी ठिक हुनसक्छ ?,” सुवेदीले भने ।

इजरायलमा रहेको नेपाली दूतावासले आफूहरुसँग राम्रो व्यवहार नगरेको बुझाई उनीहरुको छ । दूतावासका कर्मचारीले फोन नउठाउने, उठाइहाले पनि झर्किने गरेको उनले सुनाए । “अहिले हाम्रोलाई नेपाल फर्किनु महत्वपूर्ण हो । यही आशमा बसेका छौं,” सुवेदीले बताए ।  इजरायलमै रहेका अर्का विद्यार्थी लुइस रिजालले कम्बोडिया, थाइल्यान्डले आफ्ना नागरिक लगिसक्दा पनि आफूहरु त्यहीं रहनुपर्दा सरकार नभएको महसुस गरेका छन् ।

“चार दिन भैसक्यो मिटिङ बस्दै छौं भनिरहेको छ । प्राथमिकता केलाई दिने भन्ने कुरा नै अहिलेसम्म सरकारले छुट्याउन सकेको छैन,” सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले भनेका छन्, “हाम्रो साथीहरु जो हामीले गुमाएका छौं सरकार उनीहरुको मूल्य तोकेर बसेको छ मिटिङमा । कहिले आठ लाख भनेको छ, कहिले १० लाख भनेको छ, कहिले १५ लाख भनेको छ ।”  इजरायलस्थित नेपाली दूतावासमा फोन गर्दा कर्मसिएल प्लेन चलाउन मिल्छ तर त्यसको लागि पैसा चाहिने बताएको उनले जनाए ।

“पैसाको जिम्मा कस्ले लिने भन्ने कुरा आएको छ । पैसा हाल्न पर्‍यो भने पनि हामी हाल्न सबैजना तयार छौं । कि सरकारले पैसा हाल्न सक्दैनौं भन्न पर्‍यो । होइन भने हामीलाई साँझसम्म सूचना  दिनुपर्यो  ,” रिजालले भनेका छन् । रिजालकै समूहमा रहेकी नेपाली एक जना छात्राले आफूहरु बसेको ठाउँ सुरक्षित नरहेको बताएकी छन् ।

“हामीलाई जहिले पनि मानसिक रुपमा बलियो बन भन्छन् । पाँच दिन भयो यहाँ रहेको । बन्दुकको आवाज सुनिएको सुनिएै छ । हामीलाई जहाँ राखिएको छ त्यहाँ पूर्ण सुरक्षित छैनौं । १६ अक्टोबरबाट इजरायलबाट जहाज कतै पनि बाहिर जान नदिने कुरा चलिरहेको छ । इजरायलको मान्छेलाई तिमीहरु बिदामा जाऊ भनेर भनिसकेको छ इजरायलले । दुई-तीन महिना बिदामा जाऊ, सेटल भएपछि आऊ भन्छ । यस्तो अवस्थामा हामीलाई लिन सरकार किन आएको छैन,”  उनले आश्चर्य प्रकट गरिन् ।

इजरायलमा रहेका विद्यार्थीले आफूहरुलाई जीवित भएको देख्न चाहने हो भने छिटोभन्दा छिटो आफूहरुको उद्धार गर्न सरकारसँग अनुरोध गरेका छन् । “लाज मर्दो कुरा के भने नि हवाइजहाज उड्ने कि नउड्ने  भनेर टुंगो लाग्नै चार दिन बितिसक्यो तर केही टुंगो छैन । सबै मिडियालाई आफ्नो  भ्युज बढाउन चिन्ता छ र नेतालाई आफुले क्रेडिट लिन । अनि हामी भने धोबीको कुकुर न घरको न घाटको,” रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid