sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल र जर्मनीबीच भयो श्रम सम्झौता

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १४:0७
नेपाल र जर्मनीबीच भयो श्रम सम्झौता
  • नेपाल र जर्मनीबीच श्रम सम्झौता
  • घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरे
  • नेपाली दक्ष कामदारलाई संस्थागत रुपमा अगाडि बढ्ने बाटो खुला

काठमाडौं ।।

नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर क्यामेनले आ-आफ्नो सरकारको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नुअघि श्रममन्त्री भण्डारीको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र जर्मनीका उपमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक भएको थियो ।

बैठकमा दुई देशका प्रतिनिधिमण्डलका नेताहरूले मुख्यतः नेपाल – जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान गरेका थिए । भेटमा दुवै नेताले पछिल्ला वर्षहरूमा दुई देशबीच बढ्दै गएको सम्बन्धप्रति खुसी व्यक्त गरेका थिए । मन्त्री भण्डारीले जर्मनी सरकारसँग पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि बताएका थिए । जर्मनी उपमन्त्री गेबर्सले श्रम सम्झौताले जर्मन रोजगारी बजारको आवश्यकताअनुसार नेपाली दक्ष कामदारलाई संस्थागत रुपमा अगाडि बढ्ने बाटो खुला गरेको बताइन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid