April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

एक दिवसीय क्रिकेटमा नर्भस ९९ का शिकार– सचिन तेन्दुलकरदेखि कुशल भुर्तेलसम्म

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १४:२३
एक दिवसीय क्रिकेटमा नर्भस ९९ का शिकार– सचिन तेन्दुलकरदेखि कुशल भुर्तेलसम्म

काठमाडौं। नेपालका कुशल भुर्तेल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमानको मुखैमा पुगेर चुकचुकाए। जिम्बावेमा जारी एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत आइतबार घरेलु टोलीसँगको खेलमा कुशल ९९ रन बनाएर आउट भएका थिए।

उनले थप एक रन जोड्न सकेको भए एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बन्ने थिए। मासाकाद्जाले अफ स्टम्प ढल्ने लाइनमा गरेको बलिङलाई भुर्तेलले रोक्न सकेनन्।

कुशल बोल्ड आउट भएसँगै उनी मात्र होइन, खेल हेरिरहेका क्रिकेट समर्थकसमेत स्तब्ध बनेका थिए। त्यसअघि उनले ९ बलयता बाउन्ड्री प्रहार गर्न सकेका थिएनन्। एक/एक रन जोड्दै शतक पुरा गर्ने कुशलको योजना सफल हुन सकेन।

अक्सर ब्याट्सम्यानहरू आफ्नो खातामा ९० रन पार भएपछि निकै दबाबमा पर्ने गर्छन्। शतक पुरा गर्न उनीहरू दबाबमा परेको देखिन्छ। एक रनका लागि पनि उनीहरू निकै सोचेर मात्र दौडिने गर्छन्। ब्याट घुमाउन पनि बिर्सिएको देखिन्छ। विपक्षीले बनाउने ट्रयाप अर्कोतर्फ त छँदै नै छ। ९० रन बनाउन जति सहज हुन्छ, त्यसपछिका हरेक एक रन उनीहरूका लागि कठिन यात्रा बन्ने गर्छ। त्यसैले होला, क्रिकेटकर्मीहरू यसलाई ‘नर्भस नाइन्टी’ भन्छन्।

विश्व क्रिकेटका लिजेन्ड ब्याट्सम्यानहरू समेत धेरै पटक नर्भस नाइन्टीको शिकार बनेका छन्। भारतकै सचिन तेन्दुलकरको कुरा गर्दा उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १७ पटक नर्भस नाइन्टीको शिकार भएका छन्। उनी यो फर्म्याटमा सबैभन्दा बढी यस्तो शिकार हुने ब्याट्सम्यान हुन्। एकपटक उनी ९६ रनमै नटआउट रहेका थिए। त्यसका अलावा उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ शतक बनाएका थिए। ९६ अर्धशतक पनि उनको नाममा रहेको छ।

सचिन टेस्ट क्रिकेटमा पनि १० पटक ९० रन पार भएर शतक पुरा नगरी आउट भएका थिए। टेस्ट क्रिकेटमा ५१ शतक बनाएका सचिन सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय वटा शतक बनाउने एक मात्र क्रिकेटर हुन्।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेका ग्रान्ट फ्लोवर ९ पटक नर्भस नाइन्टीको शिकार भएका थिए। जिम्बावेका महान् ब्याट्सम्यानमध्ये गणना हुने फ्लोवरले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ शतक र ४० अर्धसतक बनाएका थिए। यस्तै न्युजिल्यान्डका नाथन एस्टल पनि ९ पटक शिकार भएका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६ शतक र ४१ अर्धशतक बनाएका थिए।

११ शतक र ६४ अर्धशतक बनाएका श्रीलंकन अरविन्द डे सिल्भा पनि ९ पटक नर्भस नाइन्टीको शिकार भएका थिए। दक्षिण अफ्रिकाका ज्याक कालिन ८ तथा न्युजिल्यान्डका केन विलियमसन, भारतका शिखर धवन र भारतकै मोहम्मद अजरुद्धिन समान ७ पटक ९० रन बनाएपछि शतक पुरा नगर्दै आउट भएका थिए।

भारतका विराट कोहली एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ पटक र टेस्ट क्रिकेटमा २ पटक नर्भस नाइन्टीको शिकार भएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा नर्भस नाइन्टीको शिकार नभई सर्वाधिक शतक बनाउने अस्ट्रेलियाका सर डोनाल्ड ब्राडम्यान हुन्। उनले २९ शतक बनाएका थिए। यस्तै ग्रेग च्यापलले २४ र माइकल भनले १८ शतक बनाएका थिए।

भुर्तेल ९९ रनमा आउट हुने पहिलो होइनन्

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा महान् ब्याट्सम्यानहरू पनि ९९ रनमा आउट भएको इतिहास छ। सचिन तेन्दुलकर ३ पटक ९९ रनमा आउट भएका थिए, त्यो पनि एक वर्ष सन् २००७ मा।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ब्याट्सम्यान ३६ पटक ९९ रनमा आउट भएका छन्। कुशल अघि पछिल्लोपटक अस्ट्रेलियाका डेभिड वार्नर यस्तो शिकार भएका थिए। गत वर्ष श्रीलंकासँग भएको खेलमा उनी ९९ रनमा आउट भएका थिए।

इङ्ल्यान्डका जियोफ्री बोयकट एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ रनमा आउट हुने पहिलो ब्याट्सम्यान हुन्। सन् १९८० मा उनी अस्ट्रेलियाविरुद्धको खेलमा ९९ रनमा आउट भएका थिए। त्यसयता श्रीलंकाका सनथ जयसुर्या पनि २ पटक ९९ रनमा आउट भएका थिए।

पाकिस्तानका रमिज राजा, अस्ट्रेलियाका म्याथ्यु हेडेन र एडम गिलक्रिस्ट, भारतका रोहित शर्मा, विराट कोहली, राहुल द्रबिड र भिभिएस लक्ष्मण, वेस्ट इन्डिजका क्रिस गेल, श्रीलंकाका तिलकरत्ने दिल्सानलगायत पनि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ रनमा आउट भएको इतिहास छ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।