May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० 0९:३५
नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

काठमाण्डाै – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ ।

यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टु‍ङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ ।

‘हिजोको मन्त्रिपरिषद् बैठकले नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । तर चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन’ मन्त्री साउदको सचिवालयले भनेको छ, ‘अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेको हो ।’ जहाज राति ११ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तालिका भए पनि ढिलो गरी उडेको छ ।

परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल जानुभएको छ । पहिलो चरणमा आज २ सय ५४ जनालाई स्वदेश ल्याएपछि फेरि अरुलाई लिन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा रहेका नेपालीमध्ये स्वदेश फर्कने इच्छा राख्दै ३ सय ५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपालीभन्दा पनि पढ्न गएका २ सय ६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

इजरायलमा प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासको आक्रणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बेपत्ता रहेका विपीन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते चार जनामध्ये एकजना डिस्चार्ज भएका छन् । युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका १ सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि मन्त्रालयले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।