काठमाडौं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकले मुलुकको समसामयिक परिस्थतिको समिक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समिक्षा गर्ने र कोसी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने छ । दस दिन अगाडि कार्य सम्पादन समितिको बैठकले पदाधिकारीसँग परामर्श गरी आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।