sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३३
प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ ।

जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । आज टोलीले नयाँ बानेश्वर, कोटेश्वर, चावहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गर्नेछन् ।

जनशक्तिलाई कामका बारेमा जानकारी गराउँदै प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, परिचालित जनशक्तिबाट सुग्घर सडक अपेक्षा गरिएको नतिजा भएको बताउनुभयो । त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भोलिदेखि टेकुमा भेला गरेर फरक फरक दिनमा फरक फरक ठाउँको सरसफाइमा खटाइने जानकारी दिनुभयो ।

सफाइका क्रममा पानी जमेका खाल्टा देखिए खाल्टा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका ठाउँमा लार्भिसाइट छर्ने काम गर्नु पर्ने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कामको विवरण उल्लेख गर्नुभयो ।

वातावरण व्यवस्थापन विभागकाअनुसार पर्वलक्षित सफाइ सडक केन्द्रीत हुनेछ । झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन् । यस क्रममा ब्रमुर, जेट मेसिनसहितका उपकरण परिचालन हुनेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मी राईकाअनुसार, जनशक्तिले हाजिर भएर एक दिनमा ८ घण्टा काम गर्नुपर्नेछ । यसवापत उनीहरुले दैनिक ६६८ रुपैयाँ पारिश्रमिक पाउँछन् । उनीहरुका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid