May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ?

मन्त्री किराँती : हामी राम बेगर अपूर्ण छौँ, भारत सीता बेगर अपूर्ण छ

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:४३
मन्त्री किराँती : हामी राम बेगर अपूर्ण छौँ, भारत सीता बेगर अपूर्ण छ

काठमाडौं ।।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । उनले  निम्न कुराहरुमा ध्यान दिनुपर्ने बताए

  • नेपाल राम विना र भारत सीता विना अधुरो
  • २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सुमधुर सम्बन्ध 
  • हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’
  • योग आफैँमा मानव कल्याणको साझा ज्ञान हो 

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सो धारणा राखेका हुन् । आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताउँदै मन्त्री किराँतीले भने, ‘कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्थ्यो।

पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’

उनले नेपाल सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी पनि उनले गराए ।

एक अर्को प्रसंगमा उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएकोसमेत बताए ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट