May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र बसेको ठाउँ सर्न सेनाको आदेश

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:२0
११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र बसेको ठाउँ सर्न सेनाको आदेश
  • ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी
  • सीमा क्षेत्रमा इजरायलले अहिले ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गर्दै 
  • यति ठूलो संख्यामा मानिस चौबीस घण्टामा दक्षिण गाजा जान नसक्ने जनाउँदै चिन्ता व्यक्त

काठमाडौं ।।

इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यही कारण गाजासँगको सीमा क्षेत्रमा इजरायलले अहिले ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गरेको छ । उत्तरी गाजा क्षेत्रबाट ११ लाख प्यलोस्टिनलाई दक्षिण गाजा जान जारी गरेको उर्दी इजरायलले संयुक्त राष्ट्रसंघलाई पनि जानकारी गराएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताका अनुसार दक्षिण गाजा जान भनिएको संख्या लगभग गाजा क्षेत्रमा बसोबास गर्ने कुल प्यालेस्टिनको आधा हो ।

इजरायली सेनाले यो उर्दी गाजा र जेरुसेलमको समयअनुसार मध्यरातमा दिइएको थियो । “गाजा सहरमा तपाईँहरू तबमात्र फर्कनु हुनेछ जब हामी घोषणा गर्नेर्छौँ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघले यति ठूलो संख्यामा मानिस चौबीस घण्टामा दक्षिण गाजा जान नसक्ने जनाउँदै चिन्ता व्यक्त गरेको छ । हमासका लडाकुहरू उत्तरी गाजामा सुरुङ बनाई बसेको आशंका इजरायलको छ । उनीहरू प्यालेस्टिनका सर्वसाधरणलाई ढाल बनाई उनीहरूको घरमा आश्रय लिएको आंकलन इजरायली सेनाको छ ।

“आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि तपाईंहरू दक्षिण गाजा जानुहोस् र आफूहरु हमासको आतंकबाट टाढा रहनुहोस्, ताकी उनीहरूले तपाईँहरूलाई मानव ढालको रूपमा प्रयोग गर्न नसकुन्,” इजरायली सेनाले भनेको छ । प्यालेस्टिन विद्रोही समूह हमासले भने उत्तरी गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनलाई उक्त ठाउँ नछोड्न भनेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायल मनोवैज्ञानिक युद्ध गरिरहेको बताएको छ ।

हमासले गएको शनिबार अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो ।
हमासको आक्रमणमा शनिबारयता १ हजार ३ सयभन्दा बढी इजरायलीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । यस्तै, इजरायली सेनाको आक्रमणमा १ हजार ५०० सयभन्दा बढी प्यालेस्टिन मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार इजरायली आक्रमणका कारण ४ लाख २३ हजार प्यालेस्टिन विस्थापित भएका छन् । शनिबारयता ६ दिनमा गाजाको ३ हजार ६०० स्थानमा ६ हजार बम खसालिएको इजरायलले दाबी गरेको छ । ती बमको कुल वजन ४ हजार टन छ ।

प्यालेस्टिन अधिकारीले भने इजरायलको आक्रमणमा हालसम्म १ हजार ५३७ जना प्यालेस्टिनी मारिएको बताएका छन् । मारिनेमा ५०० बालबालिका र २७६ महिला छन् । हमासले १५० जना इजरायलीलाई बन्धक बनाएको जनाइएको छ । इजरायलले आउने केही दिनमा नै आफ्ना सेनाले गाजा सहरमा ‘महत्वपूर्ण अप्रेसन’ चलाउने घोषणा गरेको छ । आम सर्वसाधरणलाई कुनै क्षति नहोस् भनेर पूरा कोसिस गर्ने पनि इजरायलले जनाएको छ । संयुक्त राष्ट्रसंघले भने इजरायललाई गाजामा आक्रमण गर्ने निर्णय फिर्ता लिन अपिल गरेको छ ।

Mourners pray by the bodies of Salem Abu Quta family members, a Hamas fighter, during a funeral after they were killed in an Israeli strike on their house in Rafah refugee camp, southern Gaza Strip, Sunday, Oct. 8, 2023. (AP Photo/Hatem Ali)

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।