May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सष्ट्रा सम्मान कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० २0:२६
सष्ट्रा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाण्डौमा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई नगद दश हजार र दोसल्ला सहित लीलाध्वज स्रष्टा सम्मानद्धारा सम्मान गरिएको छ।
उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मान पाउँदा आफू ज्यादै अनुग्रहित भएको कुरा व्यक्त गर्दै स्व. लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गर्नु भयो । उहाँको उपन्यास मन,शान्ति ०२९ साल तिरै पढेको उल्लेख गर्दै नाटक, हांस्यव्यङ्ग्य,कविता आदि लेखेर साहित्यमा उहाँले प्रदान गर्नु भएको सेवाको उल्लेख गर्नु भयो र दाह्री निबन्धको चर्चा गर्नु भयो ।
बिपी,धनुष चन्द्र गोतामे,गोविन्द मल्ल गोठाले,पारिजात,विजयमल्लहरू कै बीचमा लीलाध्वज थापा पनि रहनु भएकोले हामीले तीनका मानक साहित्य पढ्न पर्छ भन्नु भयो ।उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र मन उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार पाउनाको साथै ज्यादै चर्चित भएको उल्लेख गर्दै त्यस्ता स्थापित स्रष्टाको नामको प्रतिष्ठानबाट सम्मानित हुँदा अत्यन्त खुशी लागेको छ भन्दै प्रतिष्ठानले यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो । उहाँको सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा , मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन ,श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।
सो कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार प्रमोद प्रधानका विषयमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनुभएको छ भन्नुभयो ।

सो कार्यक्रममा प्रा डा गोविन्दमान सिं कार्की, मुकुन्द न्यौपाने, उत्तम विचार , कुमार नेपाल, धरणीधर गुरागाईं,बद्री उप्रेती, माया उपाध्याय,दुर्गा अधिकारी भ्रमरकओटे,रुद्र अधिकारी, मदन नेपाल, मानन्धर अभागी, नवराज पोखरेल “नवशिला“ सुरेश वैद्य, महेश प्रसाद रिजाल, रोशन पोखरेल, राजु गौतम, राजेशमान केसी, राधा कार्की, इन्दु पन्त , डी. आर., सन्तोष श्रेष्ठ,राजबाबु श्रेष्ठ सागर, शम्भु प्रसाद गजुरेल, माधव लाल श्रेष्ठ,कल्पना काफ्ले, डिल्ली प्रसाद मुलतिउन, मनिला वन्त, शुशिला ढकाल, सुन्दर खडका, मीना आचार्य, इन्दिरा ढकाल, मुकुन्द पौडेल, सुचिता काफ्ले, जिज्ञासु पन्त, पूर्ण बहादुर श्रेष्ठ, माधव बिडारी, प्रकाश घायल, डा बम बहादुर जिताली, विरबहादुर लोहनी, टंक बहादुर लौडारी,एम पि पाण्डे, उमेश पाण्डे, अमृत भट्टराई,एन बी जनकपुरी, मोहन कार्की, वल बहादुर जिताली समेत ४७ जना स्रष्टाले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

सो कार्यक्रम स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म छयहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । रचना वाचन गर्ने स्रष्टाहरूको रचनाको उच्च मूल्यांकन गर्दै कदर पत्र प्रदान गरेर सम्मान गर्नु भयो । साहित्यकार टंक अधिकारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै रु ५०००÷ सहयोग प्रदान गर्नु भयो उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्था हो ।

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट