May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

उत्तरपुस्तिका साटेको भन्दै पनिकाको गाडी जलाएर प्रदर्शन

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:४६
उत्तरपुस्तिका साटेको भन्दै पनिकाको गाडी जलाएर प्रदर्शन
  • प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाए
  • विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आक्रोशित
  • आक्रोशित विद्यार्थीले राति नै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे

विराटनगर ।।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् । मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा नियन्त्रण कार्यालयको गाडी जलाएका हुन्।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार सन्ध्या कायस्थले लेखेको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा साटेका थिए । रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ ।

उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराए पनि पीडित विद्यार्थीको रिजल्ट सच्चिएको थिएन् । नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनःपरीक्षा लिएको थियो । तर उक्त रिजल्ट आएको छैन् ।

२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर, उनले थप गरेको उत्तरपुस्तिका गार्डले आफ्नो छोरीकोमा देखाएको विद्यार्थीहरुको आरोप छ ।

सोही विषयमा असोज २ गते डिग्री क्याम्पस विराटनगरमा सन्ध्या कायस्थको रिजल्टको बिषयमा महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईसहित छलफल भएको थियो ।

समस्या सामधान नभएपछि विद्यार्थीले दुई जनालाई  अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुंगिएपछि राति करिब १ बजे क्याम्पस प्रमुख तिम्सिना र प्रसाईंलाई प्रहरीले उद्धार गरेको थियो ।

त्यसपछि आक्रोशित विद्यार्थीले राति नै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे । राति महेन्द्र मोरङ क्याम्पस अगाडि टायर बालेर विरोध गरेका विद्यार्थीले आज बिहान ५ बजे डिग्री क्याम्पस परीसरमा पर्किङ गरी राखेको बा.१७च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका थिए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्