May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही

  • साझा परिवेश
  • शनिबार, बैशाख २२, २०८१ २0:५४
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल झापाको छैटौँ जिल्ला भेला सम्पन्न भएको छ ।शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै भेला सम्पन्न भएको हो ।

शाहीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ चयन भएका छन् । जनक ल्वागुन सचिव र सहसचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समीर लिम्बु चयन भएका छन् । मेनुका राजवंशी कोषाध्यक्षमा चयन भएकी छन् ।

नयाँ कार्यसमितिको नामावली वाइसीएल नेपालका केन्द्रीय सदस्य डम्बर पुलामी (कर्म) ले उद्घोष गरेका थिए । झापाका १५ वटै पालिकाबाट १ महिला अनिवार्यसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको वाइसीएल नेपाल झापाका संस्थापक अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए ।

कार्यक्रमका बिच वाइसीएल झापाका संस्थापक तथा विभिन्न जिल्लामा संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेर हाल झापामा बसोबास गरिरहेका नेतृत्वलाई सम्मान गरिएको थियो ।

वाइसीएलका मेची ब्युरो संस्थापक अध्यक्ष इन्द्र आङ्बो (मौसम), झापाका संस्थापक अध्यक्ष राजु आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत), पूर्व अध्यक्षहरू मोहन नेम्बाङ (सञ्चार), डम्बर पुलामी (कर्म), दलबहादुर तामाङ, कुमार आचार्य, तेह्रथुमका संस्थापक अध्यक्ष खड्ग कन्दङ्वा (रोशन), मोरङका संस्थापक अध्यक्ष कुलप्रसाद सावा (कुशल), सङ्खुवासभाका संस्थापक अध्यक्ष अस्मिता तामाङ कन्दङ्वा, झापाका संस्थापक सचिव मोहन टुडु (सरोज), कोषाध्यक्ष निर्मला खतिवडा (निरु) र सदस्य रञ्जिता जबेगु निङवालाई सम्मान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलले सम्मानपत्रले सम्मान गरेका थिए ।

यसै कार्यक्रममा वाइसीएलले झापामा सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताबाट टप फाइभमा पर्न सफल प्रतियोगीहरूको फिनालेसमेत सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने दमककी सञ्चिता लिम्बुले नगद २० हजारसहित सम्मान पत्र प्राप्त गरिन् । दोस्रो हुने शिवसताक्षीका करण गदाइलीले नगद १५ हजारसहित सम्मान पत्र, तेस्रो हुने कनकाईका राजेश बस्नेतले नगद १० हजारसहित सम्मान पत्र र सान्त्वना हुने कनकाईका असरफ खान र शिवसताक्षीकी सन्तोषी राजवंशीले जनही नगद ५ हजारसहित सम्मान पत्र प्राप्त गरेका थिए ।

वाइसीएल झापाका अध्यक्ष राजकुमार विश्वकर्मा (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख अजम्बर काम्बाङ राई, नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो, वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष सुबोध श्रीपालि, केन्द्रीय सदस्यहरू झलकबहादुर दर्लामी, कुलप्रसाद साम्बा लिम्बु, रञ्जित तामाङ, हरि राना, लक्ष्मी न्यौपाने सरूँ, सुशीला घिमिरे सामना, केन्द्रीय सदस्य तथा युवा, विद्यार्थी फ्याक्सन इन्चार्ज मुक्साहाङ मेन्याङ्बोलगायतको उपस्थिति रहेको थियो । राजेश घतानीले सञ्चालन गरेका उक्त कार्यक्रममा करिब पन्ध्र सय युवाहरूको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २२, २०८१ २0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।