April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु

चिकित्सा शिक्षा आयोगले मनोमानी ढंगबाट भर्ना गरेको भन्दै अनेरास्ववियुको विरोध

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १६:१७
चिकित्सा शिक्षा आयोगले मनोमानी ढंगबाट भर्ना गरेको भन्दै अनेरास्ववियुको विरोध

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ ।

अनेरास्ववियुले भर्ना प्रक्रिया सच्याउनु पर्ने माग गर्दै आयोगको कार्यालयअघि प्रदर्शन पनि गरेको छ ।

पीजी तहको भर्ना मेरिटोक्रेसीमा गर्नु पर्ने भन्दै अनेरास्ववियुका केन्द्रिय महासचिव नारायण घर्तीले मेरिटोक्रेसीमा भर्ना गर्ने निर्णय नभएसम्म आफूहरुको विरोध कायम रहने बताए ।

आयोगले चैत २६ गते पहिलो चरणको भर्ना पश्चात रिक्त हुन आएका सिटहरुमा दोस्रो चरणको पुनःम्याचिङको भर्नासूची प्रकाशन गरेको थियो । आयोगको उक्त भर्नासूची प्रकाशित लगत्तै विद्यार्थीहरुले मेरिटोक्रेसी मिचेर आयोगले भर्ना लिएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले आयोगले निकालेको म्याचिङको भर्नासूची अनुसार मेरिटोक्रेसी अनुसार एक नम्बरमा नाम निकालेको विद्यार्थी उक्त सिटमा भर्ना नभए स्वत दुई नम्बरमा नाम निकालेका विद्यार्थीले खाली भएको सिटमा भर्ना हुन पाउनुपर्ने माग राखिरहेका छन् ।

मेरिटोक्रेसी प्रणाली मिचेर भर्ना लिएको भन्दै परेको रिटमा सर्वोच्चको अन्तरिम आदेश अनुसार चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको दोस्रो पुनः याचिङको भर्ना सम्बन्धी कार्यक्रम भने स्थगन गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट