May 21, 2025 | बुधबार, जेष्ठ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भाटभटेनीमा ३० करोड सम्मको अफर

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:३४
भाटभटेनीमा ३० करोड सम्मको अफर
  • दसैं, तिहार र छठको अवसरमा अफरै अफरको योजना सार्वज्निक
  • भाटभटेनी सुपरस्टोरका मुलुकभर २६ वटा स्टोर सञ्चालन
  • दसैं, तिहार र छठ पर्वको योजनामा जम्माजम्मी ३० करोड रुपैयाँ बराबरको अफर

काठमाडौं ।।

मुलुकको सबैभन्दा ठूलो स्टोर भाटभटेनी सुपरमार्केटले दसैं, तिहार र छठको अवसरमा अफरै अफरको योजना सार्वज्निक गरेको छ ।भाटभटेनी सुपरस्टोरका मुलुकभर २६ वटा स्टोर सञ्चालनमा रहेका छन् । यी सबै स्टोरमा सबै अफर लागु भएको भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । यस वर्षको दसैं, तिहार र छठ पर्वको योजनामा जम्माजम्मी ३० करोड रुपैयाँ बराबरको अफर रहेको पौडेलले जानकारी दिए । भाटभटेनीको ग्राहक केन्द्रित योजना आजैदेखि लागु भएको छ ।  २६ मध्ये जुनसुकै स्टोरमा पनि २५ सय रुपैयाँको सामान खरिद गर्नेमध्ये एकले गोलाप्रथामार्फत् कार उपहार पाउनेछन् ।

सेन्चुरीका उत्पादनको खरिद गर्नेले प्राप्त गर्नेछन् सुजुकी अल्टो कार । पाँच सय सम्मको खरिद गर्नेमध्ये एकले कार प्राप्त गर्ने भाटभटेनीका सीओओ पौडेलले जानकारी दिए । युनिलिभरका उत्पादन खरिद गर्नेले स्कुटर, वासिङ मेसिन, आईफोन र एलईडी टीभी प्राप्त गर्नेछन् ।सीतारामका उत्पादन (दूधबाहेक) खरिद गर्नेले वासिङ मेसिन, रेफ्रिजेरेटर, टीभी र इन्डक्सन उपहार पाउनेछन् । त्यसैगरी भाटभटेनीका सबै स्टोरमार्फत् गार्मेन्टस्, जुत्ता, सारी र कुर्ता खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । गार्मेन्टस्, जुत्ता, सारी र कुर्ता खरिद गर्दा डेबिट वा क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ । एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र एनआईएमबी बैंकका कार्ड वा क्यूआर हुनुपर्नेछ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट