sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब दुई वर्ष नाघेका मुद्दाहरु बाँकी राख्दिन : प्रधानन्यायाधीश विश्वम्भर

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:१७
अब दुई वर्ष नाघेका मुद्दाहरु बाँकी राख्दिन : प्रधानन्यायाधीश विश्वम्भर
  • न्यायपालिका सुधारउन्मुख 
  • दुई वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने
  • आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै

काठमाडौं ।।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख रहेको बताएका छन् । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्रमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको बताए । आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरू देखापर्न थालेको बताए ।

उनले दुई वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरू क्रियाशील रहेको जानकारी दिए । “अहिले न्यायपालिका स्वाभाविक लयमा हिँडन थालेको छ । र, सुधारको मार्गमा उन्मुख भइरहेको छ । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ,” उनले भने ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid