sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौं उपत्यकामा सुरक्षा प्रहरी खटाइने

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० ११:५३
काठमाडौं उपत्यकामा सुरक्षा प्रहरी खटाइने
  • सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध
  • सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह
  • आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध
  • लंगुरबुर्जा, तास, जुवालगायत हारजित हुने खेल खेल्दा उठिबास हुनसक्ने 

काठमाडौं ।।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौंलाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका निम्ति अपिल जारी गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अरू ठाउँमा अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान अनुरोध गरिएको छ ।

जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ/छैन यकिन गर्न र सकेसम्म साइरनजडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ । यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्ड हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अंकको मात्र चेक जारी गर्न र सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।

लंगुरबुर्जा, तास, जुवालगायत हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बन्न, मादकपदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid