sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १९:१८
एनआरएनए  उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

काठमाडौं। गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि गैरआवासीय नेपाली संघ को ११औं महाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन ।
विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा प्रतिनिधिहरुलाई उपाध्यक्षमा उम्मेदवारी दिएको लगतै केसीले आफूलाई बहुमतले विजयी गराउन भोट अपिल नै जारी गरेका छन्। केसीले गरेको भोट अपिलमा भनिएको छ–”एनआरएनएको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छु । हामी सबैको चाहनाअनुरुप हुन लागेको यो निर्वाचनमा यहाँहरु सबैको संलग्नता रहने कुरामा म आशावादी छु । वर्तमान कार्यसमितिमा यहाँहरुको चाहनाअनुसार म उप–महासचिव पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर २०२३–२५ का निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेको जानकारी गराउन पाउंदा अत्यन्त गौरबता महशुश गरेको छु।

गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा प्रतिनिधिज्युहरूमा सल्लाह सुझाव सहित यस निर्वाचनमा मलाई सधै जस्तो यहाँहरुको माया, साथ र सहयोगको अपेक्षा लिएको छु र यहाँहरुले आफु र आफ्ना हितैषीहरुबीच प्रचारप्रसार तथा अमुल्य मतदान गरी सहयोग गरिदिन हुन विनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु।”

यसक्रममा भोट अपिल गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए । उनले अगाडि बताए–”विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु।
त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।”

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid