April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिल

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १६:३६
शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिल
  • शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल 
  • अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि…
  • यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल

काठमाडौं ।।

काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।

‘जति धेरै पेट्रोल भर्‍यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’

सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो । मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट