sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १७:५२
अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

अर्घाखाँची – अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएकाे पञ्चमुख भएका शिवकाे मूर्ति आज शुक्रवार बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे ।

बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मूर्ति पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले बताउनुभयाे ।

सन्धिखर्क नगरपालिका–९ मा रहेकाे अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्ति थिए । ५१ वर्ष अगाडि मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चाेरी भएकाे थियाे । मूर्ति हराएपछि खोजी गर्दै जाँदा मुद्दा चलेको थियो । पुनरावेदन अदालत तत्कालीन अञ्चल अदालतमा हराएको मध्येको एक वटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्चमुख भएको मूर्ति मन्दिरमा रहेकाे र त्याे मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि आज शुभ साइतमा प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयाे । मुद्दाको समयमा त्याे मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुन सक्ने र झन्डै चार सय वर्ष पुरानो हुन सक्ने अनुमान छ ।

दशैँमा विशेष पूजाआजा हुने अर्घा भगवती मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ पनि हुने पण्डित केशवराज आचार्य बताउनुहुन्छ । यसत्ै कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्दछ । अर्घाको सराये नाच देशभर प्रसिद्ध छ ।

अहिले अर्घा मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीकाे मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति स्थापना गरिएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १७:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid