December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:५२
सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली
  • १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छायो 
  • गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए । सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।

साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ । आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो ।  मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो । हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ । यस्तै वित्त कम्पनी उपसूचक ४.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत आइतबार नेप्सेमा उच्च गिरावट भएपनि २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब पनि पुगेको थिएन भने मंगलबार मुश्किलले अर्ब नाघेको थियो । तर, बिहीबार भने ३ अर्ब माथिको कारोबार भएको छ । १ लाख १९ हजार ३५९ वटा कारोबारमा १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएर बिहीबार नै कारोबार सुरु भएको कम्पनीको सबैभन्दा धेरैको सेयर किनबेच हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको १३ करोड ९७ लाख र शिवम् सिमेन्टको १० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २१७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बिहीबार ४ कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको  सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यस्तै सेयरमूल्य धेरै बढ्ने १० कम्पनीमा स्वाभिमान लघुवित्त बाहेक सबै हाइड्रोपावर मात्रै छन् ।

सेयरमूल्य सबैभन्दा धेरै घट्नेमा भने अभियान लघुवित्तको सर्वाधिक ३.९८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको १.९५ प्रतिशत र इमर्जिङ नेपालको सेयरमूल्य १.७३ प्रतिशतले गिरावट भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।