April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:0१
झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएको १० वटा बोरामा जगमग बम, खुर्सानी बम, रकेट, झिरझिरे, अनार लगायतको पटाकाहरू रहेको डीएसपी श्रेष्ठले बताए । चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउँदा सो मुल्य बराबरको पटाका बरामद गर्न सफल भएको उनको भनाई छ ।

बरामद गरिएको पटाकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।