sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनुसन्धानसम्बन्धी स्पष्ट नीतिबिनै अधिकांश विश्वविद्यालय सञ्चालन

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० 0९:५४
अनुसन्धानसम्बन्धी स्पष्ट नीतिबिनै अधिकांश विश्वविद्यालय सञ्चालन

काठमाडौं । नवीनतम् आविस्कारका लागि विश्वविद्यालयका प्राज्ञहरु नै सक्रिय भएर अनुसन्धान गर्ने चलन छ । देशका लागि आवश्यक नयाँ वैज्ञानिक अनुसन्धानका लागि विश्वविद्यालयहरुले केन्द्रीयस्तरको अनुसन्धान नीति नै बनाउने गरेका छन् । तर, नेपालका अधिकांश विश्वविद्यालयले केन्द्रीय अनुसन्धान नीति नै बनाउन सकेका छैनन् । जसले गर्दा मुलुकको समग्र वैज्ञानिक अनुसन्धानमा कमजोर हुँदै आएको छ ।

देश र समाजका लागि चाहिने वैज्ञानिक अध्ययन र अनुसन्धानका लागि विश्वविद्यालयका केन्द्रीय प्राज्ञिक अनुसन्धान नीति स्पष्ट हुनुपर्छ । विश्वविद्यालय दिँदै आएको उच्चशिक्षाको स्तर मापन, प्राज्ञिकहरुमा गरिने वैज्ञानिक अनुसन्धानले मात्रै थाहा हुन्छ । तर नेपालको त्रिभुवन विश्वविद्यालय बाहेक कुनै पनि विश्वविद्यालयले केन्द्रीय अनुसन्धान नीति नै नबनाइ कार्यविधिका आधारमा काम गर्दै आएका छन् । यसबाट नयाँ खोज र वैज्ञानिक अनुसन्धान हुन नसकेपछि विश्वविद्यालय अनुदान आयोगले नीति नै बनाउन सबै विश्वविद्यालयलार्इ निर्देशन दिएको छ ।

संघीय र प्रादेशिक गरी नेपालमा १७ विश्वविद्यालय सञ्चालनमा छन् । तर सरकार र विश्वविद्यालय अनुदान आयोगले राष्ट्रियस्तरका अनुसन्धान प्रस्ताव आव्हान गर्दा पनि कमै विश्वविद्यालयको मात्र आवेदन पर्ने गरेको छ । यसले पनि विश्वविद्यालयमा नयाँ वैज्ञानिक खोज तथा अनुसन्धान हुन नसकेको पुष्टि हुन्छ ।

नयाँ ज्ञान सिर्जना गर्नु आफैंमा महत्वपूर्ण हो । यसका लागि विश्वविद्यालयका प्राज्ञहरुले नै गहन खोज गरी समाजलार्इ आवश्यक वैज्ञानिक अनुसधान दिन विश्वविद्यालयहरुले नै केन्द्रिय अनुसन्धान नीति बनाउनुपर्ने सुझाव विज्ञहरुको छ ।

विश्वविद्यालयहरुले भने बजेट अभावको बहाना बनाउँदै नयाँ वैज्ञानिक अध्ययन अनुसन्धानका काम गर्न सकेका छैनन् । नविनतम् अनुसन्धानका लागि सरकारले यसपटक ९० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid