May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

अनुसन्धानसम्बन्धी स्पष्ट नीतिबिनै अधिकांश विश्वविद्यालय सञ्चालन

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० 0९:५४
अनुसन्धानसम्बन्धी स्पष्ट नीतिबिनै अधिकांश विश्वविद्यालय सञ्चालन

काठमाडौं । नवीनतम् आविस्कारका लागि विश्वविद्यालयका प्राज्ञहरु नै सक्रिय भएर अनुसन्धान गर्ने चलन छ । देशका लागि आवश्यक नयाँ वैज्ञानिक अनुसन्धानका लागि विश्वविद्यालयहरुले केन्द्रीयस्तरको अनुसन्धान नीति नै बनाउने गरेका छन् । तर, नेपालका अधिकांश विश्वविद्यालयले केन्द्रीय अनुसन्धान नीति नै बनाउन सकेका छैनन् । जसले गर्दा मुलुकको समग्र वैज्ञानिक अनुसन्धानमा कमजोर हुँदै आएको छ ।

देश र समाजका लागि चाहिने वैज्ञानिक अध्ययन र अनुसन्धानका लागि विश्वविद्यालयका केन्द्रीय प्राज्ञिक अनुसन्धान नीति स्पष्ट हुनुपर्छ । विश्वविद्यालय दिँदै आएको उच्चशिक्षाको स्तर मापन, प्राज्ञिकहरुमा गरिने वैज्ञानिक अनुसन्धानले मात्रै थाहा हुन्छ । तर नेपालको त्रिभुवन विश्वविद्यालय बाहेक कुनै पनि विश्वविद्यालयले केन्द्रीय अनुसन्धान नीति नै नबनाइ कार्यविधिका आधारमा काम गर्दै आएका छन् । यसबाट नयाँ खोज र वैज्ञानिक अनुसन्धान हुन नसकेपछि विश्वविद्यालय अनुदान आयोगले नीति नै बनाउन सबै विश्वविद्यालयलार्इ निर्देशन दिएको छ ।

संघीय र प्रादेशिक गरी नेपालमा १७ विश्वविद्यालय सञ्चालनमा छन् । तर सरकार र विश्वविद्यालय अनुदान आयोगले राष्ट्रियस्तरका अनुसन्धान प्रस्ताव आव्हान गर्दा पनि कमै विश्वविद्यालयको मात्र आवेदन पर्ने गरेको छ । यसले पनि विश्वविद्यालयमा नयाँ वैज्ञानिक खोज तथा अनुसन्धान हुन नसकेको पुष्टि हुन्छ ।

नयाँ ज्ञान सिर्जना गर्नु आफैंमा महत्वपूर्ण हो । यसका लागि विश्वविद्यालयका प्राज्ञहरुले नै गहन खोज गरी समाजलार्इ आवश्यक वैज्ञानिक अनुसधान दिन विश्वविद्यालयहरुले नै केन्द्रिय अनुसन्धान नीति बनाउनुपर्ने सुझाव विज्ञहरुको छ ।

विश्वविद्यालयहरुले भने बजेट अभावको बहाना बनाउँदै नयाँ वैज्ञानिक अध्ययन अनुसन्धानका काम गर्न सकेका छैनन् । नविनतम् अनुसन्धानका लागि सरकारले यसपटक ९० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट