May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

उद्यम गर्न चाहने युवाका लागी गिरी र उप्रेतीको यस्तो अभियान

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० २0:0४
उद्यम गर्न चाहने युवाका लागी गिरी र उप्रेतीको यस्तो अभियान

विर्तामोड, २३ साउन ।    बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुने भएको छ । युवाहरु सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुन लागेको हो ।

नेपालमै युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने भएको छ । जसलाई उनीहरुले बिजनेस ग्रुप नामाकरण गरेका छन् ।

सबैभन्दा पहिला विभिन्न बिषयमा विज्ञ १० जना युवाहरुलाई समेटेर व्यबसायिक अवधारणा आदान प्रदान गरिने कार्यक्रम रहेको अभियन्ता उप्रेतीले जानकारी दिए । यहाँ उपलब्ध अवधारणा मध्ये उत्कृष्ठ अवधारणामा लगानी गरेर ब्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यसपछि युवा उद्यमी क्लब निर्माण गर्ने योजना समुहको रहने उनले बताए । दोस्रो बर्षमा १८ देखि ३० बर्षका युवालाई संगठित गरेर उनीहरुको व्यवसायिक अवधारणा मुल्यांकन गरेर त्यसमा लगानी गरिने गिरीले बताए ।

युवा उद्यमी समुहले प्रत्यक्ष निगरानी गर्ने गरी १६ बर्षमुनीका बालक तथा युवाहरुलाई लक्षित गरी उनीहरुको पनि उद्यमी समुह निर्माण गर्ने बताइएको छ । यो समुह बिद्यालयमा खोलिने गिरीले जानकारी दिए । बिद्यालयमा उद्यम विकास सम्बन्धि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समुहको रहने उनले बताए ।

गिरीका अनुसार यो समुहको लक्ष्य भनेको बिद्यालयस्तरदेखि नै युवाहरुमा व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसाय सम्बन्धि अनुसंधान गर्न प्रेरित गर्नु रहेको उनीहरुको भनाई छ । शुरुमा यो समुह देशभर काम गर्ने भएपनि यसले भविष्यमा दायरा अझ फराकिलो बनाउँदै लाने लक्ष्य रहेको जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० २0:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट