July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेपाल युएईसँग ४ विकेटले पराजित

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३४
नेपाल युएईसँग ४ विकेटले पराजित

काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले उपाधि जितेको छ। आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो।

युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासिमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए। नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब थालनी गरेको थियो।

त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट भए। शर्मालाई कुशल मल्ल र खानलाई गुल्सनले आउट गरे। बलिङमा नेपालका करण केसीले अन्तिम ओभर गरे पनि नेपाललाई जित दिलाउन सकेनन्। अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा युएईका बासिल हमिदले छक्का हिर्काएका थिए।

आजै भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काएका थिए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो।

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित थियो। युएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो। हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको युएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गरेको हो।

नेपाल समूह चरणका चारै खेल जिते पनि अन्तिम फाइनल खेलमा पराजित भएको हो। विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ। समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्