April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट

नेपाल राष्ट्र बैंकले उच्छृङ्खल गतिविधि गर्नेप्रति चाल्यो कठोर कारबाही

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १४:४२
नेपाल राष्ट्र बैंकले उच्छृङ्खल गतिविधि गर्नेप्रति चाल्यो कठोर कारबाही
  • नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐनलाई संशोधन गर्न प्रक्रिया अगाडि बढाउने 
  • सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु राष्ट्र बैंकले जारी गर्ने 
  • गैरव्यावसायिक गतिविधि बढेपछि राष्ट्रबैंकले त्यसलाई नियन्त्रण गर्ने गरी ऐन संशोधन लागु गर्ने 

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐनलाई संशोधन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको नाममा  गैरव्यावसायिक गतिविधि बढेपछि राष्ट्रबैंकले त्यसलाई नियन्त्रण गर्ने गरी ऐन संशोधन अगाडि बाउन खोजेको हो ।

‘वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर-व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ,’ आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमा भनिएको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निगरानी राख्ने अन्तराष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स ‘एफएटीएफ’ को एशिया प्यासिफक ग्रुप (एपीजी) ले गरेको नेपालको पारस्परिक मूल्याङ्‍कनबाट प्राप्त सुझाव समेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु पनि जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।