May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह गर्दै प्रदर्शन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १८:४२
मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह गर्दै प्रदर्शन

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संशोधन विधेयक मानव अधिकारमैत्री बनाइ संसदको गरिमा जोगाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

आइतबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि भएको प्रदर्शनमा नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर्न, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको हो ।

दिउँसो एक बजे प्रदर्शन सुरु हुने कार्यक्रम रहेको तर १० मिनेट अगावै जम्मा हुने क्रममा प्रहरीले प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो । त्यसक्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाललगायत २७ जनालाई गिरफ्तार गरी बानेश्वर प्रहरी वृत्त तीनकुनेमा राखिएको छ ।

विस्तृत शान्ति सम्झौताको मर्म विपरीत, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति व्यक्त गर्दै शान्ति समाजले अभियान सञ्चालन गरिरहेको छ । यसैगरी शान्ति समाज दाङ शाखाले पनि आज तुलसीपुरमा प्रदर्शन गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट