sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:१६
राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

कास्की – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएकाे छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज साेमवार दिउँसाे पाेखराकाे पुरानाे विमानस्थल आइपुग्नुभएकाे हाे ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोलीले विमानस्थलमा स्वागत गर्नुभएकाे थियाे ।उहाँलाई विमानस्थल परिसरमा पाेखराका विभिन्न सङ्घ–संस्थाले बाजागाजासहित स्वागत गरेका थिए ।

महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयाे ।

महासचिव गुटेरेस भाेलि मङ्गलवार अन्नपूर्ण आधार शिविर (एबीसी) का लागि निस्कनु हुनेछ । उहाँ मङ्गलवार बिहान साढे ६ बजे आधार शिविरका लागि प्रस्थान गर्नुहुनेछ । अन्नपूर्ण आधार शिविरमा शुक्रवार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।

महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि एक वटामात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ ।

आधार शिविरमा नेपाली सेनाको टोली, छोम्रोङ पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिमले व्यवस्थापन काम गरेको छ । आधार शिविरबाट महासचिव गुटरेस साढे ७ बजे पोखरा विमानस्थल फर्किनु हुनेछ । त्यहाँबाट बिहान सवा ८ बजे उहाँ लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid