July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारती शेर्पाको रिटमाथि आज पनि सुनुवाइ हुने

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:२७
भारती शेर्पाको रिटमाथि आज पनि सुनुवाइ हुने

काठमाडौं । जघन्य अपराधका दोषीलाई गरिएको कैद माफी खारेज गर्न माग गर्दै भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो बहस नसकिएपछि आजलाई निरन्तर सुनुवाइ राखिएको हो ।

सर्वोच्चका कायममुकाय प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ सुरु भएको हो । हिजो रिट निवेदकका तर्फबाट कानुन व्यवसायी तेजबहादुर कटुवाल, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए । यस्तै महान्यायाधिवक्ता दीनमणि पोखरेलको जवाफी बहस गरेका थिए । तर, बहस नसकिएकाले आज पनि निरन्तर सुनुवाइ गर्न लागिएको हो ।

रिटमा असोज २५ गते प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले आधा दिन सुनुवाइ गरेर हेर्न नमिल्ने भन्दै हिजोका लागि पेसी तोकेको थियो । आफ्ना पतिको हत्याका दोषी योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिले कैद मिनाहा गरेको भन्दै मृतक चेतन मानन्धरकी पूर्वश्रीमती भारती शेर्पाले रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा गत असोज १९ मा मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर शीघ्र टुंगो लगाउन आदेश दिएको थियो। तर असोज २५ मा प्रधानन्यायाधीश श्रेष्ठसहितको इजलासले यस्तै प्रकृतिको मुद्दामा पहिले आदेश र फैसला गरिसकेकाले हेर्न नमिलेको भन्दै दसैं बिदालगत्तै पेसी तोकी निरन्तर सुनुवाइ गर्ने आदेश गरेको थियो । जघन्य अपराध गरेकालाई राजनीतिक संलग्नताका आधारमा कैदमाफी दिने प्रवृत्तिले न्याय प्रणाली नै नरहने भन्दै राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाजलगायतले रिगलको कैद मिनाहाको विरोध गरेका थिए ।

रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट