May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो : उपेन्द्र यादव

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १४:५८
संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो : उपेन्द्र यादव
  • अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो 
  • संघीयता खारेज गर्लान् जस्तो देखियो
  • संसद्को काम-कारबाही गतिशील देखिएन 

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको बताएका हुन् । “देशको ठूलो हिस्साले अनरसिप नलिएको संविधानलाई समयानुकूल संशोधन, परिमार्जन नगरी कसरी अघि बढ्ला र महिमा कति दिन टिक्ला ?

,” उनले भने, “अघि एक मान्य (सांसद)ले प्रदेश खारेजी भन्दै हुनुहुन्थ्यो, यता बस्ने साथी (सांसद) हरूले संघीयता खारेज गर्लान् जस्तो देखियो ।” संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्नेमा जोड दिए । उनले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताए । समिति गठनमा ढिलाइ भएकाले संसद्को काम-कारबाही गतिशील नदेखिएको उनको भनाइ छ । “समिति गठन गर्न आठ-नौ महिना लाग्यो, अनि कसरी गतिशील हुने?,” यादवले प्रश्न गरे ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट