May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:३१
राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण


विराटनगर :
विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ।

मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट ट्याक्टर नियन्त्रणमा लिइएको हो। ट्याक्टर चालक भारतको जोगवनीका ३९ वर्षीय मोहमद अजमत पनि पक्राउ परेका छन्।

नियन्त्रणमा लिइएको सामानसहितको ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थापाले बताए। उनका अनुसार लोड भएको सामानसहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो।

सामानको भन्सार मूल्यांकन ९ लाख ९९ हजार ३ सय १० रूपैयाँ कायम गरेर प्रज्ञापनपत्र तयार पारिएको फेला परेको छ। तर, ट्याक्टरमा उक्त मूल्यभन्दा बढीको सामान रहेको सूचना सशस्त्र प्रहरीलाई आएको थियो। सामानको जाँचपासमा भन्सार एजेन्ट किशोर शाहीले सहजीकरण गरेको खुलेको छ।

भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सामानको भन्सार मूल्यांकन कम गरेर ट्याक्टर छाडिएको हुनसक्ने आशंका छ। विगतमा पनि भन्सारका कर्मचारी र एजेन्ट तथा ढुवानीकर्ताको मिलेमतोमा भन्सार मूल्यांकन कम गरेर सामानको जाँचपास गर्दै राजस्व छली गर्ने गरिएको घटना सार्वजनिक भएको थियो।

सशस्त्रले नियन्त्रणमा लिएको ट्याक्टर कसको हो भन्ने खुलेको छैन। सामान ढुवानीकर्ताका बारेमा पनि यकिन हुन बाँकी छ। यस विषयमा अनुसन्धान सुरु गरिएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ।

स्रोत :किशोर बुढाथोकी , अन्नपुर्ण पोष्ट

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।