काठमाडौं ।।
नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् । नेपालमा डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अवधिमा एक हजार ८३३ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।