काठमाडौं ।।
टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ । कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरुले भरिएका छन् । कतिपय दर्शकहरु घरको छतमा बसेर क्रिकेट हेरिरहेका छन् भने धेरैजसो मैदान नजिकको सडक किनार र चौरतिर बसेका छन् । शुक्रबार ओमानसँग पराजित भएकाले नेपालले युएईसँग मूलपानी मैदानमा सेमिफाइनल खेलिरहेको छ । यो खेल जिते नेपाल विश्वकपमा पुग्नेछ । दश वर्षपछि विश्वकप खेल्ने अवसर भएकाले नेपाली दर्शकहरुमा ठूलो उत्साह देखिएको छ ।