May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गण्डकी प्रदेशले भूकम्प पीडितलाई १ करोड दिने

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:५१
गण्डकी प्रदेशले भूकम्प पीडितलाई १ करोड दिने
  • गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १ करोड रुपैयाँ उपलब्ध गराउने 
  • उद्धार र उपचारका लागि औषधि सहित विषेशज्ञ चिकित्सकको टोली पठाइयो 

कास्की ।।

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो । ‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रबार राति भूकम्प गएको र शनिबार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधि सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराईरहनुभएको छ’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’ मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । भूकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधि सहित विषेशज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट